डेंगी संक्रमित २८ हजार नाघे, मृत्यु हुनेको संख्या ३८ पुग्यो

काठमाडौँ — देशैभर फैलिएको डेंगीबाट संक्रमित हुनेको संख्या २८ हजार नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को २४ घण्टाको तथ्यांकअनुसार थप ५४० जना संक्रमित थपिएका छन् भने २ जनाको मृत्यु भएको छ । यो संख्या थपिएसँगै २८ हजार १०९ वटा केस पुगेको छ ।

तथ्यांकअनुसार प्रदेश १ मा ८ सय २९, मधेसमा ४ सय १३, वाग्मतीमा २१ हजार ९ सय ७५, गण्डकीमा ६ सय ७७, लुम्बिनीमा ३ हजार १ सय २५, कर्णालीमा २ सय ३८ र सुदूरपश्चिममा ५ सय ५० वटा केस देखिएका छन् ।

डेंगीबाट मृत्युको संख्या पनि बढ्दै गएको छ । हालसम्म यसबाट ३८ जनाको मृत्यु भइसकेको ईडीसीडीको तथ्यांकमा उल्लेख छ ।

ताजा समाचार