कोरोनाका कारण हुने मृत्युदर घट्यो, २४ घण्टामा २६०७ संक्रमित

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण हुने मृत्युदरमा निरन्तर कमी आएको छ ।

गत २४ घण्टामा नेपालमा संक्रमणबाट ३९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोनाबाट हालसम्म नेपालमा मृत्यु हुनेको संख्या ८५९७ रहेको छ ।

नेपालमा संक्रमितमध्ये मृत्यु हुने प्रतिशत १ दशमलव ४० प्रतिशत रहेको छ । नेपालमा अहिलेसम्म जम्मा ६ लाख ४ हजार ४० जना संक्रमित भएका छन् ।

गत २४ घण्टामा १२ हजार ४ सय ८४ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा २६०७ जना संक्रमित भएका छन् । सोही अवधिमा २१४१ जना निको भएका छन् । नेपालमा निको भएको दर ८८ दशमलव ६ प्रतिशत रहेको छ ।

अहिलेसम्म कोरोनाबाट ५ लाख ४५ हजार ६ सय ६२ जना निको भएका छन् ।

ताजा समाचार