देशभर थप २,९१८ जनामा कोरोना संक्रमण, ५३ संक्रमितको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ९१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ४३८ जनाको पिसिआर र ५ हजार ३८१ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआर परीक्षण गर्दा  २ हजार ४९ जनामा र एन्टीजेटमार्फत ८६९ जनामा संक्रमित पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा देशभर ५३ जना संक्रमितको मृत्यु भएको छ । 

हालसम्म नेपालमा कोरोनाबाट ८ हजार ४६५ जना संक्रमितको मृत्यु भएको छ । 

२४ घण्टामा देशभर ५ हजार १४७ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । नेपाल संक्रमित निको हुने दर ८७ दशमलब ८ प्रतिशत रहेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म ५ लाख ३६ हजार २५२ जना कोरोना संक्रमणमुक्त भइसकेका छन् ।

ताजा समाचार