टोकियो
लोकप्रिय नायक दयाहाङ राई मुख्य भूमिकामा रहेको फिल्म ‘कार्साङ’ यहि जनवरी २७ तारिक आईतबार देखि जापानमा प्रर्दशन हुने भएको छ ।
फिल्म ‘कारसाङ’ जनवरी २७ तारिक नाकानो जिरो हलमा प्रर्दशन पछि जापानका ठुला शहरहरुमा पनि प्रर्दशन गरिने आयोजकले जानकारी दिएका छन ।
‘कार्साङ’ मा दयाहाङ राईसगै हास्यकलाकार जितु नेपालको जोडीलाई जोडिएको फिल्ममा हसाउनु सँगसँगै केही गम्भीर चरित्र रहेको जितुले खुलाएका छन् । फिल्ममा राई र नेपालसगै सिर्जना निङलेखु, दिया मास्के मुख्य कलाकार रहेका छन् । सहपात्रमा बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डित लगायतले अभिनय गरेका छन् ।
फिल्मको नव निर्देशक यम शेर्पाले पहिलोपटक निर्देशन गरेका हुन ।