काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले नतिजा प्रकाशन गरेको सदस्य सचिव जङ्गबहादुर अर्यालले जानकारी दिए ।
पूरक परीक्षा असार १ देखि ७ सम्म सञ्चालन भएको थियो । बोर्डका अनुसार एक लाख ४६ हजार ५०७ जना परीक्षार्थी नन ग्रेडिङमा परेका थिए ।
पुरक परीक्षामा १ लाख ४८ हजार ५ सय ७ जना परीक्षार्थी रहेकामा १ लाख २९ हजार १ सय ९४ जना सहभागी भएका थिए ।
तीमध्ये ८३ हजार ५ सय २३ जना उत्तीर्ण भएका छन् ।
परीक्षाफल विभिन्न २० वटा संस्थाको वेबसाइट, आइवीआर र एसएमएस–यूएसएसडी मार्फत हेर्न सकिन्छ। पुनःपरीक्षा आवेदन असार २५ गतेदेखि असार ३१ गतेसम्म खुला रहने बताइएको छ । नतिजा प्रकाशनमा केही प्राविधिक त्रुटि देखिए पुनः सच्याउने व्यवस्था गरिएको छ ।
परीक्षार्थीको उमेर, नाम, ठेगाना जस्ता विवरणमा फरक परेमा सम्बन्धित जिल्ला अधिकारीबाट सच्याउन सकिने व्यवस्था गरिएको छ।