वाणिज्य बैंकहरूको नाफा ४७ प्रतिशत बढ्यो, आठ सूचकमा हेर्नुस अवस्था

काठमान्डौ

सञ्चालनमा रहेका २० वाणिज्य बैंकको नाफा ४७ प्रतिशतले बढेको छ। बैंकहरूले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१-०८२ को चौथो त्रैमास सम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो। 

आर्थिक वर्ष २०८०-०८१ मा ४६ अर्ब ७४ करोड रूपैयाँ नाफा कमाएका बैंकहरूले आर्थिक वर्ष २०८१-०८२ मा बैंकले ६८ अर्ब ७७ करोड रुपैयाँ नाफा गरेको हो।

केही बैंकहरूको यस्तो नाफामा हजारौं प्रतिशतले बढेको देखिएको छ। कुमारी बैंक र नेपाल बैंकको नाफा हजारौं प्रतिशतले, राष्ट्रिय वाणिज्य बैंक र प्रभु बैंकको नाफा नौ सय प्रतिशतसम्म बढेको छ। 

यी बैंकहरूले आर्थिक वर्ष २०८०-०८१ को विवरणमा अन्तिम लेखा परीक्षण पछिको परिष्कृत वित्तीय विवरण अनुसारको तथ्यांक देखाएकाले पनि नाफामा उछाल देखिएको हो। आर्थिक वर्ष २०८१-०८२ को भने अपरिष्कृत वित्तीय विवरण अनुसारको नाफा हो।

केही बैंकले राष्ट्र बैंकले तोके अनुसार कडाईमा साथ प्रावधान राखिएकोले आर्थिक वर्ष २०८१-०८२ को परिष्कृत वित्तीय विवरण सार्वजनिक हुँदा समेत नाफा रकममा धेरै परिवर्तन नहुने दाबी गरिरहेका छन्। 

यसपटक बैंकहरूको नाफा बढ्नुमा चार मुख्य कारण रहेको नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइराला बताउँछन्। 

राष्ट्र बैंकले दुई करोड रूपैयाँसम्मको कर्जाको भाका सार्न दिएको र बैंकहरूले गैर बैंकिङ सम्पत्ति बिक्री गर्न सकेको कारण नाफा बढ्न गएको कोइरालाले बताए। 

त्यस्तै, निर्माण व्यवसायीले सरकारबाट भुक्तानी पाएको र अर्थतन्त्र समेत अघिल्ला वर्षहरूमा भन्दा केही चलायमान भएकाले पनि असुलीमा सुधार भएको उनले जानकारी दिए।

बैंकहरूले अघिल्लो पटक ५५ अर्ब ९८ करोड प्रावधान राखेको यस पटक २८ अर्ब ५९ करोड मात्र राखेका छन्। प्रभु र स्ट्याण्डर्ड चार्टर्ड बैंकले भने यसअघि राखेको प्रावधान रकम समेत फिर्ता ल्याएका (राइटब्याक गरेका) छन्। प्रभु बैंकले दुई अर्ब ५२ करोड रूपैयाँ र स्ट्याण्डर्ड चार्टर्डले तीन करोड रूपैयाँ राइट ब्याक गरेका हुन्।

बैंकहरूको खुद ब्याज आम्दानी भने एक प्रतिशतले घटेको छ। एक खर्ब ९२ अर्ब ६४ करोड रूपैयाँबाट घटेर यस्तो आम्दानी एक खर्ब ९० अर्ब ५३ करोडमा सीमित भएको छ। 

बैंकहरूको वितरण योग्य मुनाफा २१ अर्ब ६३ करोड रूपैयाँ छ। बैंकहरूले औसतमा १३.२९ प्रतिशत लाभांश दिन सक्ने देखिन्छ। एभरेष्ट बैंकको यस्तो लाभांश क्षमता सबैभन्दा धेरै छ। बैंकको लाभांश क्षमता ३८.२७ प्रतिशत छ।

बैंकहरूले ब्याज नउठेको कारण यसअघि नियामकीय सञ्चितिमा राखेको कुल १४ अर्ब ५० करोड रूपैयाँ फिर्ता ल्याएपछि लाभांश क्षमता बढेको देखिन्छ। राष्ट्र बैंकको निर्देशन अनुसार बैंकहरू यसअघिसम्म नउठेको ब्याज  रकमको ६१ प्रतिशत यसरी नियामकीय सञ्चितिमा राख्नुपर्दथ्यो। अहिले भने बैंकहरूले मात्रै ५१ प्रतिशत बराबर रकम राखे पुग्ने व्यवस्था छ। 

यसरी राख्नुपर्ने भन्दा कम राखेपछि उब्रिएको रकम लाभांश वितरणमा समेत प्रयोग गर्न सक्ने छुट दिइएको छ। त्यस्तै,बैंकहरूको खराब कर्जा औसतमा ४.१ प्रतिशत छ। यसअघि ३.६२ प्रतिशत थियो। हिमालयन बैंकको खराब कर्जा सबैभन्दा धेरै ७.२८ प्रतिशत छ। एभरेष्ट बैंकको सबैभन्दा कम ०.३८ प्रतिशत छ। बैंकहरूको औसत प्रतिशेयर आम्दानी १९ रूपैयाँ ०५ पैसा छ। 

आर्थिक वर्ष २०८१-८२ को चौथो त्रैमाससम्मको वित्तीय विवरण (रकम करोडमा) 

बैंकखुद नाफा फरक %खुद व्याज आम्दानी खराब कर्जा  अनुपात %प्रावधाननियामकीय व्यवस्थाबाट ब्याज फिर्ताप्रति सेयर आम्दानी %वितरण योग्य नाफा  रकम वितरण योग्य नाफा  रकमलाभांश क्षमता %
असार २०८२असार २०८१असार २०८२असार २०८१असार २०८२असार २०८१असार २०८२असार २०८१असार २०८२असार २०८१असार २०८२असार २०८१असार २०८२असार २०८१असार २०८२
नबिल बैंक७१२६१९१५१६३२१६३१४.२७४.४५२३९४६३६५-२२६.३४२२.९४७७३०८१७.६४
राष्ट्रिय वाणिज्य बैंक३८१३५९८९१००८१००३३.५९४.३७१११४२१-१२४.४११६.३२३०-१२२१.९१
सिटिजन्स बैंक१२९१३२-२६३६५७२४.९४४.१२६७१७२२३-७२८.७६९.३७७६१५.२५
कुमारी बैंक२११०.४६४५७७०११५५१०८०६ .४२५. ९६२७९६८४२४१-५१८.०७०.०२-२७९-५३६ 
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक४१०३२७२५१४१२१५११५.८५४.९१५७५११२३९-१४०१२.०४१२.८४९-५६९१.४४
ग्लोबल आइएमई बैंक६२०६१३१६७११६८५४.८७४.१७४३०३६११३९-१०७१६.२८१७.५३७५०१४.११
लक्ष्मी सनराइज बैंक४११२९२४१११३७१२३६४.२५४.६३११८३५८७२-८४१६.९११२.५९३००१२४१२.३४
माछापुच्छ्रे बैंक२०११०४९३५७५४९८३.८३३.९३५१३९-४१७.३१८.९९१०७-३५९.२३
एनआइसी एसिया बैंक१६७०-७७१०२५१०७६६.२८३.४५४१४३८०४६१.०८४.७-५२१-२६६ 
नेपाल बैंक३७७१८७५०१००८८६३४.४७४.३३११३४७५ ३४२५.६८०.१९-४४-९६ 
एनएमबी बैंक३२८२२४४६८०२७२१३.७२३.४९५२०३५९-४०१७.८७१२.२२१९०-९३१०.४
नेपाल एसबिआई बैंक१८०१९९-१०५२६५०७३.३५१.९६१०२६४१२-३४१६.५४१८.३५१२३११०११
एभरेष्ट बैंक४९१३७०३३९१२७६४०.३८०.७१६ २१-१०३७.९९३१.४७४९५३३०३८.२७
सानिमा बैंक२५७२३९६३५६१८३.०११.७२१८८१४३३३-१३१८.९३१७.६५२७८१४४२०.४७
प्रभु बैंक५४४५१९६७७१९११८९४.९६४.९४ ४७११५२२२२३.१२२.१७१०४-३०२४.४४
हिमालयन बैंक१५११२३२३१०४५११६१७.२८४.९८१५३५२६२०३-१९७६.९८५.७२-७१०-७४४ 
स्ट्याण्डर्ड चार्टर्ड बैंक३०२३२७-८४४८५१३१.४७२.१४ २१३५३०.१७३४.७१९९२४६१९.८५
सिद्धार्थ बैंक३३९३०८१०८४३७९३२.६२.१७१३११०५३३-१२०२४.१२१.९१८६५८१३.२२
प्राइम कमर्सियल बैंक४०२३५०१५८८२७८८५.५६४.६५१४११६३५२-६४२०.७४१८.०८२७८९९१४.३३
कृषि विकास बैंक४१५२८९४४९८२१०५५३.२६३.९१०२४५३४-२४२७.६१८.६२८७२१३१८.४२
कुल/औसत ६८७७४६७४४७१९०५३१९२६४४.१३.६२२८५९५५९८१४५० १९.०५ २१६३-१०२०१३.२९

ताजा समाचार