टोकियो
नेपालको अग्रणी रेमिटेन्स सेवा प्रदायक सिटि एक्सप्रेस जापानले, आफ्ना सेवाग्राहीलाई अनलाईन मार्फत थप डिजिटल सेवाहरुविस्तार गर्ने जानकारी दिएको छ ।
बुधबार टोकियोमा आयोजित पत्रकार भेटधाटमा सिटि एक्सप्रेसका अध्यक्ष महेश श्रेष्ठले सिटी वालेट कार्ड र आईओएस तथा एन्ड्रोएडअपरेटीङ सिस्टम मार्फत थप सेवाहरु सार्वजानिक गर्नु भएको हो ।
सिटिका मेम्बरहरुलाई डिजिटल मार्फत जम्मा गरिएको रकम आफूलाई अनुकुलको समयमा छिटो र सहज तरिकाले आफन्तलाई पैसापठाउन सकिने जानकारी दिदै वालेटमा पैसा जम्मा गर्नका लागि सिटी वालेट कार्ड, काउण्टर र बैंक ट्रान्सफर (फुरिकोमी) मार्फत गर्नसकिने जानकारी दिईएको छ ।
सिटिका निर्देशक किकोचि तोमाकी तथा सल्लाहकार सुसुमु फुकुसिमाको उपस्थितीमा सम्पन्न भएको कार्यक्रममा सिटी एक्स्प्रेसलेमोबाइल अप्लिकेसन डाउन्लोड गरेर रजिस्टर पुरा भएमा नयाँ सदस्यले ५ सय पोइन्ट रिवार्ड प्राप्त गर्न सक्ने र हरेक पटक पठाउँदालागेको सेवा शुल्कको १० प्रतिशत पोइन्ट प्राप्त गर्न सकिने क्याम्पेन पनि सुरु गरेको छ ।
विदेशमा रहेका प्रवासी नेपालीहरु मध्ये ३० प्रतिशत ग्राहकलाई संसारका विभिन्न देशहरुबाट सेवा दिईरहेको सिटि एक्सप्रेसले समयकोआवास्यकतासगै मोबाईल एप एवं डिजिटल वालेट संचालनमा लिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
सिटी एक्स्प्रेस जापानका प्रबन्धक विष्णु न्यौपाने, मार्केटिङ प्रमुख पशुपति भण्डारी र आईटी विभाग प्रमुख दिपेन श्रेष्ठले थप गरिएकोसेवाहरुका बारेमा जानकारी दिएका थिए ।
सिटि एक्सप्रेस जापानले विगत १३ बर्ष देखि जापानबाट नेपालमा रेमिटेन्स सेवा दिईरहेको छ ।