नयाँ विप्रेषण(रेमिटेन्स) नियमवाली जारी, के छ नयाँ व्यवस्था ? 

काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ विप्रेषण नियमावली जारी गरेको छ ।

यसअघि प्रचलनमा रहेको ‘नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली २०६७’लाई खारेज गरेर ‘नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली २०७९’ जारी गरिएको हो । 

राष्ट्र बैंक ऐन, २०५८ को दफा ११० को उपदफा (२) र विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी विनियमावली जारी गरेको राष्ट्र बैंकको भनाइ छ । 

विनियमावलीमा बैंक तथा वित्तीय संस्थाबाहेकका कम्पनीलाई इजाजत प्रदान गर्ने, बैंक तथा वित्तीय संस्थालाई इजाजत दिनेसम्बन्धीलगायतका विषयमा स्पष्ट गरिएको छ ।

ताजा समाचार