झन कमजोर जापानिज येन

टोकियो

जापानको येन डलरको तुलनामा झन कमजोर बन्न पुगेको छ ।

जापानिज येन ३२ बर्ष पछिको कमजोर भएर नयॅा रेकर्ड भएको बताईएको छ ।

वर्तमान जापान सरकाले येनलाई मजबुत बनाउन अनेक कोसिस गरेपनि विहीबार डलरको तुलनामा १ डलरको सटहीमा १ सय ५० दशमलब ६ रेकर्ड कायम भएपछि जापानिज येन सन १९९० पछि यति कमजोर बन्न पुगेको हो ।

गएको महिनामा जापान सरकारले येनलाई मजबुत बनाउन गरेको प्रयास पनि लामो समय टिक्न सकेन, विहीबार १ डलरको खरिदमा १ सय ५० नाघेपछि अझै डलरको तुलनामा येन झन कमजोर हुने अनुमान गरिएको छ ।

ताजा समाचार