३७ अंकको हरियालीपछि १९ सय विन्दुमाथि पुग्यो नेप्से 

सेयरबजारमा आज हरियाली छाएको छ। बजार परिसूचक नेप्से ३७.४९ अंकले र क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक ८.१८ अंकले बढेको हो। 

मंगलबार सेयरबजारमा २ सय ३१ कम्पनीको सेयर किनबेच भएको छ। दिनभरिमा २४ हजार ९ सय ८३ पटकको खरिदबिक्रीमा १ अर्ब २३ करोड रुपैयाँको कारोबार भएको हो। 

मंगलबार ३७ लाख कित्ता सेयर बिक्री भएका छन्। कुल १३ वटै समूहका सूचकहरु आज बढेका छन्। ती समूहका मध्ये १ सय ८९ कम्पनीको सेयर बढेको छ भने ६ वटाको घटेको छ। 

आज आँधिखोला लघुवित्त, सीवाईसी लघुवित्त र सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले १० प्रतिशत कमाएका छन्। गुमाउने लगानीकर्ताले आज २.९३ प्रतिशतसम्म घाटा व्यहोर्नुपरेको छ। आज पनि नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ। कम्पनीको ११ करोड रुपैयाँको सेयर किनबेच भएको हो। 

ताजा समाचार