जग्गा धितोमा ऋण नपाउँदा विदेश जाने विद्यार्थीलाई ठूलो मर्का 

१ असार, काठमाडौं । गोरखाको गोरखा नगरपालिकाका सागर दशनामी अष्ट्रेलिया जाने तयारीमा छन् । तर, जमिन धितोमा राखेर बैंकबाट ऋण लिन सबै प्रक्रिया पूरा गरेपछि बैंकले भन्यो, ‘सरकारले जग्गा रोक्का राख्न छाडेकाले ऋण दिन नमिल्ने भयो । सेयर र सुन छ भने राखेर लैजानुस् ।’

कन्सल्टेन्सीले छिटो बैंक ब्यालेन्स व्यवस्थापन गर्न र पैसा जुटाउन भनिरहेकाले उनी अब कहाँबाट पैसा ल्याउने भन्ने तनावमा फसेका छन् । तर, उनीसँग जग्गा धितोमा राख्नुको विकल्प नै छैन ।

भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा कहिलेसम्म यस्तो अप्ठेरो व्यवस्था हट्छ भनेर सोधेँ, ढिला हुने भए नगर कार्यपालिकाबाट निर्णय गराउनुस्, मन्त्री र सचिवज्यूहरु त नेपालमै हुनुहुन्न भन्ने जवाफ आयो,’ उनी भन्छन्, ‘नगरपालिकामा जग्गा वर्गीकरणबारे सोध्दा केही विषय नै थाहा छैन भन्छन् ।’

अहिले बैंकले धितोको रुपमा स्वीकारेको जग्गा रोक्काका लागि मालपोत कार्यालयमा पत्र पठाउँदा मालपोत कार्यालयले रोक्का गर्न मानेका छैनन् । चितवन राप्तीका सुजिन श्रेष्ठ पनि त्यही समस्या भएको छ । उनले पनि इमेलमार्फत मन्त्रालयलाई यसबारे सोधेका छन् । तर, जवाफ पाएका छैनन् ।

ताजा समाचार