८ महिनामा साढे ११ अर्बको तरकारी आयात, झण्डै ७ अर्बको आलु 

काठमाडौं

नेपालमा चालु आर्थिक वर्षको आठ महिनामा विश्वका चार देशबाट तरकारीको आयात आकाशिएको छ ।

आर्थिक वर्ष २०७७/७८ को (फागुन) मसान्तमा ११ अर्ब ५२ करोड ९५ लाख ९७ हजार रुपैयाँ मूल्य बराबर आलु, प्याज र गोलभेँडा भारत, चीन, बङ्गलादेश तथा इन्डोनेशियाबाट आयात भएको हो ।

झण्डै ६५ प्रतिशत कृषि पेशामा आबद्ध जनताका घरघरमा अत्यावश्यक पर्ने तरकारी अन्य मुलुकबाट आयात गरी भान्सा तयार गर्नुपर्ने भएपछि कृषि प्रधान मुलुकभन्दा आफैँमा लाजमर्दो विषय बन्दै गएको छ ।

सबैभन्दा धेरै आलु भारतबाट छ अर्ब ५६ करोड ४६ लाख ४३ हजार रुपैयाँ र बङ्गलादेशबाट २४ करोड ८१ लाख ५९ हजार रुपैयाँ गरी कूल छ अर्ब ८१ करोड २८ लाख दुई हजार मूल्य बराबरको आयात भएको छ । भारतबाट २५ करोड ८१ लाख ३२ हजार ८३७ र बङ्गलादेशबाट एक करोड ४६ लाख ३८ हजार ८०० किलो आलु आयात भएको छ ।

सोही अवधिमा चार अर्ब ३० करोड ५४ लाख ३९ हजार रुपैयाँ मूल्यको प्याज भारत र चीनबाट आयात भएको छ । भारतबाट ११ करोड ५५ लाख ३२ हजार ६८७ किलो र चीनबाट ७३ हजार ६८० किलो प्याज आयात भएको हो ।

ताजा समाचार