नेपालको लगानी वातावरण दक्षिण एसियामा पाकिस्तानपछि सबैभन्दा खराब   

काठमाडौँ

नेपालमा लगानीको वातावरण दक्षिण एसियामै खराब देखिएको छ । संयूक्त राष्ट्रसंघ (युएन) ले सार्वजनिक गरेको ‘एसिया प्यासिफिक ट्रेड एन्ड इन्भेस्टमेन्ट रिपोर्ट–२०२१’ अनुसार दक्षिण एसिया क्षेत्रमा पाकिस्तानपछि नेपालको लगानी वातावरण सबैभन्दा खराब रहेको उल्लेख छ ।

संयूक्त राष्ट्रसंघअन्तर्गतका निकायहरु संयूक्त राष्ट्रसंघ वातावरणीय कार्यक्रम (युएनईपी), एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (इएससीएपी) र युनाइटेड नेसन्स कन्फ्रेन्स अन ट्रेड एन्ड डेभलपमेन्ट (युएनसीटीएडी) ले संयूक्त रुपमा सार्वजनिक गरेको यो प्रतिवेदनअनुसार दक्षिण एसिया नै लगानी र व्यापारका लागि अरु क्षेत्रभन्दा खराब अवस्थामा रहेको उल्लेख छ । दक्षिण एसियाली क्षेत्रको औसत लगानी तथा व्यापार सम्बन्धी सूचकको अंक ४६.४८ बराबर छ । ‘क्लाइमेट–स्मार्ट ट्रेड एन्ड इन्भेस्टमेन्ट इन्डेक्स स्कोर’ नाम दिइएको यो सूचक पूर्वी एसियाको तुलनामा निकै कम हो । 

दक्षिण एसियाली देशहरुमा क्रमश: भारत, श्रीलंका र बंगलादेशको लगानी तथा व्यापार वातावरण राम्रो रहेको प्रतिवेदनमा उल्लेख छ । यद्यपि कुनैपनि देशले ५० भन्दा बढी अंक भने पाएका छैनन् । त्यस्तै, व्यापार सहजीकरणमा पनि नेपाल दक्षिण एसियामा अफगानस्तान र भुटानभन्दा मात्रै अघि छ । नेपालको करका दरहरु निकै महंगो रहेको प्रतिवेदनमा उल्लेख छ । एसियामा पाकिस्तान, कम्बोडिया र बंगलादेशपछि नेपालमा महागो कर रहेको प्रतिवेदनमा जनाइएको छ । सिंगापुर, जापान, टर्कीलगायत देशहरुमा करका दर सबैभन्दा न्यून रहेको देखिन्छ । जसकारण ती देशहरुमा व्यापार र लगानीको प्रतिफल लिन बढी सजिलो रहेको पनि प्रतिवेदनमा उल्लेख छ ।

ताजा समाचार