मूल्यवृद्धिविरुद्ध नेकपाको नेपाल बन्द, प्रभाव न्यून

काठमाडौ

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले इन्धनमा गरिएको अस्वभावित मूल्यबृद्धिको विरोधमा आज आह्वान गरेको नेपाल बन्दको प्रभाव राजधानी काठमाडौं उपत्यका सहित देशभर सामान्य परेको छ ।

सार्वजनिक सवारीको चाप कम भए पनि निजी सवारीहरु निर्वाध रुपमा चलिरहेका छन् । मुख्य चोक र संवेदनशील क्षेत्रहरुमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

काठमाडौंबाट छुट्ने लामो दूरीका सवारी साधन भने चलेका छैनन् । लामो दूरीका सवारी सन्चालकहरु बन्दको प्रभाव र प्रदर्शनकारीको उपस्थिति हेरेर दिउँसोदेखि चलाउने मनशायमा छन् ।

उपत्यकाका कतिपय विद्यालयले आजका लागि विदा दिएका छन् ।

ताजा समाचार