जापानको अर्थतन्त्रलाई चलयामान बनाउन पुन “गो टु क्याम्पेन” अन्तिम तयारीमा

टोकियो

लामो समय कोरोना महामारीका कारण जापानमा लागेको आपतकालसगै जनता र अर्थतन्त्रमा देखिएको शिथिललाई सरकारलेचलायमान बनाउन जापानको आन्तरिक पर्यटन उद्योगलाई गति प्रदान गर्ने उदेश्यले गतवर्ष सुरुवात गरिएको गो टु ट्राभल क्याम्पेन फेरिसंचालन गर्ने तयारी गरिएको छ ।

पहिलो पटक संचालन गरिएको क्याम्पेन जारी समयमा कोरोना संक्रमण बढेसंगै स्थगन भएको थियो । अहिले नयाँ प्रधानमन्त्रीकिशिदाको चयनसंगै देशव्यापीरुपमा घटिरहेको कोरोना संक्रमणको विचमा पुन अनुदान सहितको गोटु क्यान्पेन संचालनमा ल्याउनेतयारी थालेको जापानिज संचार माध्यमले जनाएको छ ।

अघिल्लो वर्ष,गो टु ट्राभल क्याम्पेन अन्तरगत आन्तरिक घुमघाममा जानेले प्रतिव्यक्ति प्रति दिन २० हजार येनसम्म छुट तथा अनुदानप्राप्त गर्ने व्यवस्था गरिएको थियो । यस क्याम्पेनको सुरुवातसंगै जापानको आन्तरिक पर्यटनमा सहित मान्छेहरुमा कोरोनासगको डरमाकम हुने विश्वास लिएको छ । पहिलो पटक संचालन गरिएको यस क्याम्पेन अत्यन्तै उत्साह छाएको थियो ।

ताजा समाचार