टोकियो
जापानमा गठन भएको अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ जापानको अध्यक्षमा सुजन जोशी चयन भएका छन ।
जापानमा विभिन्न व्यवसाय संचालन गरिरहेका युवा उद्यमीहरुको एक भेलाले औपचारिकरुपमा संस्थाको गठन गर्दै अध्यक्षमा सुजन जोशीलाई चयन गरेको हो ।
युवा तथा नयाँ उद्यमीहरुलाई प्रोत्साहित गरि सबैलाई एकत्रित गर्दै लैजाने,ब्यवसाय शुरुवात गर्न प्रेरित गर्दै उद्यमीहरुलाई पूर्ण क्षमता हासिल गर्न मद्धत गर्ने ,उद्यमीहरु बिच निरन्तर सम्पर्कको विकास गरी अनुभव र जानकारी आदान – प्रदान गर्ने,दक्ष व्यक्तिहरुलाई आमन्त्रित गरि विभिन्न गोष्ठी , प्रशिक्षण र अन्तरक्रिया कार्यक्रमको आयोजना गरी व्यवासायिक दक्षताको विकास गर्ने,सिर्जनात्मक तथा नयाँ व्यवसायको सम्भावना र चुनौतिका बारेमा छलफल गरी सदस्यहरुको आवश्यकतालाई सम्बोधन र समाधान गर्ने,उद्यमीहरु बिच आपसी सहकार्य बढाउदै लाने ,नेपाली युवा उद्यमीहरुलाई नेपालमा लगानी गर्न आकर्षित गर्दै लगानीका क्षेत्रहरु पहिचान गर्न सहयोग गर्ने जस्ता उदेश्यहरु सहित संस्थाको गठन गरिएको विज्ञप्ती मार्फत जानकारी गराईएको छ ।
भेलाले नौ सदस्यिय कार्यसमिति पनि चयन गरेको छ ।