५२ लाख सहित दुई हुन्डी कारोबारी पक्राउ

काठमान्डौ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले सप्तरीबाट हुन्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको छ । 

बोदेबरसाइन नगरपालिकामा शिवम इन्टरप्राइजेज संचालन गर्दै आएका रामबिलास साह र जल्पा भगवती खरिदबिक्री केन्द्रका संचालक मायानन्द झालाई पक्राउ गरेको हो । 

पछिल्लो केही वर्षदेखि उनीहरु हुन्डी कारोबार गर्दै आएको सूचनाका आधारमा सिआईबीको विशेष टोलीले दुबैजनालाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएकामध्ये साहका साथबाट ४३ लाख ८९ हजार ५ सय रुपैयाँ र झाको साथबाट ९ लाख रुपैयाँसमेत बरामद गरिएको छ । 

उनीहरुबाट कुन देशबाट कसले पठाएको त्यसका बारेमा प्रहरीले छानविन शुरु गरेको छ ।

सिआईबीका प्रवक्ता प्रहरी उपरीक्षक कमल थापाले दुईजना पक्राउ गरिएको पुष्टि गरे । पक्राउ गरिएकाहरुलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागको जिम्मा लगाइएको छ ।

ताजा समाचार