बर्दियामा सडक छेउमा आगो तापिरहेकालाई टिपरले ठक्कर दियो, दुई जनाको मृत्यु 

 बर्दियामा सडक छेउमा आगो तापिरहेकालाई टिपरले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

यस्तै तीन जना घाइते भएका छन् ।  जिल्लाको बढैयाताल  गाँउपालिका–३ सतपतियामा  साँझ करिव ९ बजेको समयमा  आगो तापिरहेका ५ जनालाई टिपरले ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो भने  अर्का एक जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको  थियो ।  
 बर्दियाका जिल्ला प्रहरी प्रमुख  एसपी ईश्वर कार्कीका अनुसार हिजो बेलुकी  ९  बजेतिर  घर अगाडि आगो तापिरहेका ५ जनालाई भे १ क १४९५ नम्बरको टिपरले अनियन्त्रित भई ठक्कर दिँदै टिपर पनि पल्टेको थियो ।

ताजा समाचार