माइक्रोले पिकअप र मोटरसाइकललाई ठक्कर दिँदा तीन जनाको मृत्यु

इटहरी

 सुनसरीमा माइक्रोले पिकअप र मोटरसाइकललाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ।  आइतबार बिहान कोशी गाउँपालिकामा भएको दुर्घटनामा अन्य दुई जना घाइते भएका छन्। 

कोशी गाउँपालिका ८ नङ्खुमा माइक्रोले पिकअप र मोटरसाइकललाई ठक्कर दिएको हो। दुर्घटनामा मोटरसाइकल चालक सप्तरी डाक्नेश्वरी ५ का २८ वर्षीय उदय साह, मोटरसाइकलमा सवार विराटनगर ९ का ४५ वर्षीय रामप्रसाद साह र पिकअप चालक विराटनगर ७ का ४० वर्षीय अक्षयकुमार गुप्ताको मृत्यु भएको हो। 

पूर्वबाट पश्चिम भइरहेको बा ३ ख ७२२४ नम्बरको  माइक्रोले विपरित दिशाबाट आउदै गरेको स ६ प ४६६१ नम्बरको मोटरसाइकल र को १ च ९३६८ नम्बरको पिकअपलाई ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ। 

प्रहरीका अनुसार जिल्ला अस्पताल इनरुवामा उपचारको क्रममा तीन जनाकै मृत्यु भएको हो। 

दुर्घटनाबाट घाइते भएका माइक्रोका चालक नुवाकोट विदुर नगरपालिका १३ का ३५ वर्षीय विवश तामाङ् र सहचालक २५ वर्षीय नारायण बस्यालको विराट नर्सिङहोममा उपचार भइरहेको छ। 

दुर्घटनापछि मोटरसाइकल, माइक्रो र पिकअपलाई प्रहरीले नियन्त्रणमा लिएको छ।  

ताजा समाचार