जोमसोमआईतबार बिहान १०ः१० मिनेट जाँदा मुस्ताङको आकाशमा हराएको तारा एअरको ९ एनएईटी जहाज सोमबार थासाङ–२ को पानापाथी हिमालको फेद सानो सरे भन्ने स्थानको पहाडमा भेटिएको छ ।
समुन्द्री सतहदेखि माथि झन्डै ४ हजार मिटरको अग्लो उचाईमा तारा एअरको जहाज दुर्घटना भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।प्रजिअ शर्माका अनुसार थासाङको पानापाी हिमालको फेदं नजिक याकखर्क भन्ने स्थानमा यार्सा टिप्न गएका ९ जना टोली र लेतेबाट गएका स्थानीय युवा सुमित गौचनको टोलीले सोमबार बिहानैदेखि हराएको जहाज खोजी कार्य सुरु गरेको थियो। जहाजपूर्ण रुपमा क्षतिग्रस्त भएको छ भने जहाजमा भएका सामान छरपस्ट रुपमा पहाडमा छरिएको जहाज खोज्न गएका युवा सुमित गौचनले जानकारी दिए ।
हराई रहेको जहाज भेटिएपछि जोमसोमबाट ३ वटै सुरक्षा निकायको टोली अहिले उद्दारका लागि घटना स्थलमा पुगेको प्रहरी निरीक्षक रामकुमार दानीले जानकारी दिए ।
तारा एअरको हराएको जहाजको तस्विर हेर्दा जहाजमा यात्रा गर्ने सबै यात्रु तथा चालक दलको सदस्य जिवित फेला पर्ने सम्भावना कम रहेको छ । अहिले जहाजको अवस्था बुझ्न जोमसोमबाट फिस्टेल एअरको हेली घटना स्थल तर्फ प्रस्थान गरेको प्रशासनले बताएको छ ।
मानापाथी हिमालको फेद सानो सरेमा क्षेतविच्छेद अवस्थामाभेटियो तारा एअरको जहाज, थप विवरण आउन बाँकी