नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालले खादा र माला प्रयोग नगर्ने

काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालले कार्यक्रमहरुमा खादा र माला प्रयोग नगर्ने भएको छ ।

बुद्धनगरमा बसेको केन्द्रीय कमिटी बैठकबाटै खादा माला प्रयोग गर्न छाडेको प्रवक्ता सञ्जीव राईले बताए ।

‘युुवा संघको केन्द्र, प्रदेशदेखि सबै संगठनले गर्ने कार्यक्रममा खादा माला प्रयोग गर्दैनौं,’ राईले भने । अनुत्पादक र अनावश्यक भएकाले खादा माला प्रयोगको प्रचलन तोड्ने उनले बताए ।

कार्यक्रमको शैली पनि परिवर्तन गर्ने युवा संघले निर्णय गरेको छ । अब युवा संघको कार्यक्रममा अध्यक्ष मात्रै अगाडि बस्नेछन् । अतिथिहरु सहभागीहरुसँग बस्नेछन् ।

बिहीबार शुरु भएको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपाल सहभागीहरुसँगै बसेका थिए । ‘बैठक चलाउँदा अध्यक्ष अगाडि बसेर सहभागीहरुलाई हेर्नुहुन्छ, सहभागीहरुले विषयवस्तुप्रति ध्यान दिए वा नदिएको अवलोकन गर्नुहुन्छ,’ राईले भने, ‘यसले बैठकमा भाग लिने, तर मोबाइल चलाएर बस्ने प्रवृत्तिको पनि अन्त्य हुन्छ ।

ताजा समाचार