एकीकृत समाजवादी पार्टीको संसदीय दलको नेतामा अध्यक्ष नेपाल सर्वसम्मत चयन

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीको संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल सर्वसम्मत चयन भएका छन् ।

आइतबार संसद भवन बानेश्वरमा बसेको दलको बैठकले नेपाललाई दलको नेता चयन गरेको सांसद रामकुमारी झाँक्रीले जानकारी दिइन् ।

‘दलको नेतामा माधवकुमार नेपाल सर्वसम्मत चयन हुनुभएको छ’, झाँक्रीले भनिन्, नियमावली अुनसार अब उहाँले ‘दलको प्रमुख सचेतक र सचेतक तोक्नुहुन्छ ।’

नेकपा एमालेबाट अलग भएर नेता नेपालको अध्यक्षतामा गत भदौ ९ गते नेकपा एकीकृत समाजवादी पार्टी दर्ता भएको थियो ।

नेता नेपालसँग ३० सांसद रहेका छन् । नेता नेपालको पार्टी चाँडै देउवा नेतृत्वको सरकारमा सहभागी हुने तयारीमा छ ।

ताजा समाचार