काठमाडौं । नेकपा एमाले विभाजन गरी माधवकुमार नेपालले दर्ता गर्न निवेदन दिएको नयाँ पाटी नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले वैधता प्राप्त गरेको छ ।
निर्वाचन आयोगले एमालेबाट छुट्टिएर बनेको समाजवादीलाई राजनीतिक दल सम्बन्धी ऐन, २०७३ (दोस्रो संशोधन अध्यादेश, २०७८) को दफा ३३ बमोजिम दर्ता गरेर प्रमाण दिएको हो ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले सनाखतपछि दल दर्ता गरेर प्रमाणपत्र दिएको जानकारी दिए ।
नेपालको पार्टीको केन्द्रीय कार्यालय नया बानेश्वर तोकिएको छ ।