लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीले पाए विश्वासको मत

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सफल भएका छन् । सोमबार अपरान्ह बसेको प्रदेशसभाको बैठकमा उनको पक्षमा ४२ मत आयो । आज मतदानमा सभामुख बाहेक ४३ जना रहेका थिए ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले बैठक बहिस्कार गरेको कारण उनको विपक्षमा एक मत पनि आएन । तटस्थमा एक मत परेको सभामुख पूर्ण बहादुर घर्तीले घोषणा गरे ।

लुम्बिनी सभामा नेपाली कांग्रेसका १९, माओवादीका १९, जसपाका ३, जनमोर्चाका १ सांसद छन् । एक स्वतन्त्र तथा एमालेका ३८ जना छन् । जसमा केसीले ४२ मत पाएका हुन् ।

उनी ५ दलीय गठबन्धनको तर्फबाट मुख्यमन्त्री बन्न सफल भएका हुन् । एमालेले बैठक बहिष्कार गरेपछि उनले आक्रोश पोख्दै एमालेमा राजनैतिक संस्कार नभएको बताएका थिए ।

ताजा समाचार