काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटामाथि एमाले सचेतकसहित सांसदहरुले दिएको धम्कीपूर्ण अभिव्यक्तिप्रति सत्ता गठबन्धनले आपत्ति प्रकट गरेको छ।
सोमबार एक विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल, माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ, जनता समाजवादी पार्टीका सांसद प्रदीप यादव, जनमोर्चाकी सांसद दुर्गा पौडेल र एकीकृत समाजवादीतिर लागेका माधव नेपाल पक्षका सांसद जीवनराम श्रेष्ठले संयुक्त विज्ञप्ति जारी गर्दै आपत्ति प्रकट गरेका हुन्।
‘सभामुख विरुद्ध दिइएका धम्किपूर्ण अभिव्यक्तिप्रति घोर आपत्ति प्रकट गर्दै संवैधानिक मर्यादाको अवलम्बन गर्न हार्दिक आग्रह गर्दछौं’ उनीहरुको विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संवैधानिक व्यवस्था अनुसार सभामुख पद व्यवस्थापिकाको प्रमुख हुनुका साथै संघीय संसद्को संरक्षक पनि हो। सभामुख विरुद्धका धम्कीपूर्ण अभिव्यक्तिहरु वर्तमान संवैधानिक व्यवस्था र लोकतान्त्रिक प्रणालीविरुद्ध हुन्।’
उनीहरूले एमालेलाई संवैधानिक मर्यादाको अबलम्वन गर्न पनि आग्रह गरेका छन्।
Share
Tweet
Share
Sh