मन्त्रिपरिषद् बैठक: आधा दर्जन सचिवको सरुवा, कर्मचारीको नयाँ तलबमान

काठमाडौं । सरकारले आधा दर्जन सचिवहरुको सरुवा गरेको गरेको छ ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा सोमबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको सचिवमा टेकनारायण पाण्डेलाई ल्याउने निर्णय गरेको छ । पाण्डे यसअघि भूमि व्यवस्था मन्त्रालयमा कार्यरत थिए ।

मन्त्रिपरिषद् बैठकले रक्षा सचिवमा बेगेन्द्र शर्मा पौड्याललाई ल्याएको छ । शर्मा यसअघि वित्त आयोगमा थिए । त्यसैगरी प्रधानमन्त्रीको कार्यालयमा कार्यरत वैकुण्ठ अर्याल सञ्चार मन्त्रालयको सचिव बनेका छन् ।

प्रदेश नम्बर १ का प्रमुख सचिव सुमन अर्याललाई महालेखा परीक्षकको कार्यालयमा सरुवा गरिएको गरिएको छ । त्यस्तै, कर्णाली प्रदेशका प्रमुख सचिव गणेशप्रसाद पाण्डेलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरिएको सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए ।

यस्तै बैठकले सवै तहका कर्मचारीका लागि नयाँ तलबमान तय गरेको सरकारका प्रवक्ता कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार सबै क्षेत्रहरु: निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विद्यालयलगायत सबै क्षेत्रका सरकार कर्मचारीको नयाँ तलबमान साउन १ गतेदेखि कायम गर्ने निर्णय भएको हो।

यसअघि बजेटमार्फत सरकारले सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, शशस्त्र प्रहरी, नेपाल स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयका शिक्षक, प्रदेश तथा स्थानीय तहका कर्मचारीका लागि मासिक २ हजार रुपैयाँ तलव बढाएको थियो। 

यस्ता छन् मन्त्रिपरिषदका निर्णयहरु

–हेलो सरकार गुनासो व्यवस्थापन निर्देशिका, २०७८ छलफलका लागि मन्त्रिपरिषद प्रशासनमा पठाउने।

–सबै तहका निजामति कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाल स्वास्थ्य सेवा, संसद सेवामा कार्यरत कर्मचारी, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र प्रदेश तथा स्थानीय तहका कर्मचारीका लागि २०७८ साउन १ देखि लागू हुने गरी नयाँ तलबमान स्वीकृत गर्ने।

–विशेष आर्थिक क्षेत्र पहिलो संशोधन नियमावली-२०७८ को छलफलका लागि मन्त्रिपरिषद आर्थिक तथा पूर्वाधार समितिमा पठाउने।

–माथिल्लो त्रिशुली ए जलविद्युत आयोजनाको जग्गा प्राप्ति गर्ने कार्यका लागि सोही आयोजनाका सहायक प्रशासक कमल बहादुर बोगटीलाई प्रारम्भिक कारबाही चलाउने अधिकारी चयन।

–नेपाल परराष्ट्र सेवा राजपत्रांकित द्वीतीय तहका उपसचिव सूर्य भट्टराई, घनश्याम लम्साल र तेजबहादुर क्षेत्रीलाई परराष्ट्र सेवाको प्रथम श्रेणीको पदमा बढुवा गरि परराष्ट्रमा पदस्थापना गर्ने।

–सैनिक सेवा चौथो संशोधन नियमावली-२०७८ लाई छलफलका लागि विधेयक समितिमा पठाउने।

–कृषि तथा वन सेवा तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदका गोविन्दप्रसाद शर्मालाई बढुवा गरी कृषि तथा पशुपन्छि विकास मन्त्रालयको सचिव चयन।

ताजा समाचार