चीन र जापानले दिने खोप यसै साता नेपाल आइपुग्ने

काठमाडौं । चीन र जापान सरकारले अनुदानमा दिने घोषणा गरेको नोबेल कोरोनाविरुद्धको खोप यसै सातानेपाल आउने भएको छ ।

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले चीनबाट १६ लाख र जापानबाट १६ लाख खोपको मात्रा यही साता नेपाल आउने जानकारी गराउनुभयो ।

गृहमन्त्रालयमा हिजो भएको छलफलमा उहाँले यसबारेमा जानकारी गराउनुभएको हो । चीनले यसअघि पनि नेपाललाई दुई चरणमा १८ लाख मात्रा भेरोसेल खोप अनुदानमा दिएको थियो ।

त्यसबाहेक सरकारले चीनसँग ४० लाख डोज खोप पनि खरिद गरिसकेको छ।

ताजा समाचार