काठमाडौं । सत्ता गठबन्धनले बनाएको कार्यदलको बैठक बालुवाटारमा शुरू भएको छ । सोमबार नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा रहेको कार्यदलको बैठक बालुवाटारमा बसेको हो।
बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रम र प्राथमिकतालाई अन्तिम रूप दिनेबारे छलफल भइरहेको छ ।
गठबन्धनमा कांग्रेस, नेकपा माओवादी, जसपाबाट दुईदुई जना सदस्य छन्।
आजको बैठकमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सहभागी भएका छैनन्। तर आइतबार भएको बैठकमा भने नेता नेपालनिकट बिजय पौडेल सहभागी थिए।
कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का संयोजक रहेको कार्यदलमा कांग्रेसका डा. मिनेन्द्र रिजाल र रमेश लेखक , माओवादीका वर्षमान पुन र देवप्रसाद गुरुङ तथा जसपाका महेन्द्रराय यादव र राजेन्द्र श्रेष्ठ सदस्य छन् ।
कार्यदलले बनाएको न्यूनतम साझा कार्यक्रमको खाकालाई अन्तिम रुप दिने आजको बैठकको तयारी छ ।