काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ।
शनिबार बिहान देउवासँगको भेटवार्ताका लागि माओवादी अध्यक्ष प्रचण्ड बालुवाटार पुग्नुभएको थियो । मन्त्रिपरिषद् विस्तारबारे देउवा र प्रचण्डबीच छलफल भएको स्रोतको भनाइ छ।
मन्त्रालय बाँडफाँडका विषयमा सत्ता गठबन्धनका अन्य दलहरुसँग कुराकानी गर्ने सहमति नेताहरुबीच भएको छ।
प्रधानमन्त्री बनेको लामो समय वितिसक्दा देउवाले सरकारलाई पूर्णता दिन सकेका छैनन्।