नेपालमा शुक्रवार ३ हजार बढीमा कोरोना, १८१६ डिस्चार्ज

काठमाडौँ । शुक्रवार नेपालमा थप ३ हजार ६११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७८३ पीसीआर परीक्षण गर्दा २ हजार ४६७ जना र ४ हजार ८७८ एन्टिजेन परीक्षण गर्दा १ हजार १४४ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै गत २४ घण्टामा देशभर २७ जना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर हालसम्म कोभिडबाट मृत्यु हुनेको संख्या ९ हजार ८३४ पुगेको छ।

देशभर हालसम्म ३१ हजार १४ जना सक्रिय संक्रमित छन्। शुक्रबार १ हजार ८१६ संक्रमणमुक्त भएका छन्।

ताजा समाचार