जसपा पार्टीको आधिकारिकता उपेन्द्र पक्षलाई दिने आयोगको फैसला

काठमाडौँ । निर्वाचन आयोगले जनता समाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादवलाई दिने फैसला सुनाएको छ ।

यादव पक्षमा केन्द्रीय कार्यकारिणी समितिका बहुमत सदस्य भएकाले आयोगले उनैलाई आधिकारिकता दिएको हो ।

जसपाका अध्यक्षद्वय यादव र महन्थ ठाकुर पक्षबीच आधिकारिकता सम्बन्धी विवाद भएपछि निर्वाचन आयोगले केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुलाई आयोगमै बोलाएर को कसको पक्षमा भनेर सनाखत गराएको थियो ।

जसमा उपेन्द्र पक्षमा ३४ सदस्य रहेका थिए भने महन्थ ठाकुर पक्षमा १६ जना रहेका थिए । रेशम चौधरी भने तटस्थ बसेका थिए ।

ताजा समाचार