नेपाल पक्षका २२ सांसदले स्पष्टिकरण दिने

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ माधवकुमार नेपालपषका २२ जना सांसदले एमालेले सोधेको स्पष्टिकरणको जवाफ दिने भएका छन् ।

सांसद विरोध खतिवडाले बिहीबार संसदीय दलको कार्यालयमा पुगेर स्पष्टीकरणको जवाफ दिने तयारी भइरहेको जानकारी दिनुभयो ।

साउन ३ गते प्रधानमन्त्री शेर बहादुर देउवाको पक्षमा एमालेका २२ जना सांसदले विश्वासको मत दिएका थिए । उक्त कदमप्रति कटु आलोचना गरेको एमाले संस्थापन पक्षले सांसदलाई २४ घण्टे स्पष्टिकरण सधेको हो ।

स्पष्टीकरण माग गरिएको पत्रमा विश्वासको मतबारे केही उल्लेख नगरी तपाइँलाई पार्टीको साधारण सदस्यबाट निष्काशन किन नगर्ने ? भनि प्रश्न गरिएको छ ।

स्पष्टीकरण मागिएका सांसदमा नेपालसहित जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, विरोध खतिवडा, भवानी खापुङ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, निरादेवी जैरु, कलिला खान, पुष्पाकुमारी कर्ण कायस्थ, सरला यादव, लक्ष्मी चौधरी र मेटमणि चौधरी, गोपाल बम, धनबहादुर बुढा, पार्वती विशंखे, समिना हुसेन, प्रेम आले, कृष्णकुमार (किसान) श्रेष्ठ, बिना बुढाथोकी र हीरा केसी रहेका छन् ।

यद्यपि नेपाल पक्षले भने सर्वाेच्च अदालतको फैसला अनुरुप नै आफूहरुले विश्वासको मत दिएको र यसमा पार्टीले कारवाही गर्न नपाउने बताएका थिए ।

ताजा समाचार