काठमाडौं । नेपालमा शुक्रबार थप २ हजार ९ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
शुक्रबार देशभर ४३ जना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर हालसम्म कोभिडबाट मृत्यु हुनेको संख्या ९ हजार ५ सय ६ पुगेको छ।
देशभर हालसम्म २६ हजार ८२७ जना सक्रिय संक्रमित छन् भने शुक्रबार १ हजार ७ सय ७५ संक्रमणमुक्त भएका छन्।
गत चौबीस घण्टामा ९ हजार ६ सय १३ जनाको पीसीआर तथा ४ हजार ५ सय ६९ जनाको एन्टिजेन परीक्षण भएको छ।