काठमाडौं उपत्यका लकडाउन, बाहिरबाट आउने सवारी पनि खुकुलो गरिने

काठमाडौं । काठमाडौं उपत्यकाको लकडाउन थपिएको छ । आज बसेको तीन जिल्लाका सिडिओहरुको बैठकले साउन १० गतेसम्म लकडाउन थप गर्ने निर्णय गरेको हो ।

आजको बैठकले उपत्यका बाहिरबाट आएका सार्वजनिक सवारीलाई उपत्यका प्रवेशमा खुकुलो गरिने निर्णय गरेको छ ।

आवश्यक परेका सार्वजनिक यातायातलाई उपत्यकामा प्रवेशका लागि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको सिफारिस चाहिने बताइएको छ । काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुली, भक्तपुरका प्रेमप्रसाद भट्टराई र ललितपुरका ढुण्डीप्रसाद निरौला सम्मिलित बैठकले निषेधाज्ञा साउन १० सम्म लम्ब्याउने निर्णय गरेका छन् ।

भिडभाड गर्न नपाउने र एक पटकमा २५ जनासम्म भौतिक दुरी कायम गरेर परिक्षा सञ्चालन गर्न पाउने यसअघिको निर्णयलाई निरन्तरता दिइएको छ ।

ताजा समाचार