कसलाई कुन मन्त्रालयको जिम्मेवारी ?

काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकारमा जाने तीन मन्त्रीको नाम टुंगो लागेको छ ।

कांग्रेसबाट केन्द्रीय सदस्य बालकृष्ण खाँड मन्त्री बन्ने भएका छन् । कांग्रेस संसदीय दलका प्रमुख सचेतक समेत रहेका खाँड गृहमन्त्री बन्न लागेका हुन् ।

यस्तै, नेकपा माओवादी केन्द्रले जनार्दन शर्मा प्रभाकर र पम्फा भुसाललाई मन्त्री बनाउने भएको छ । माओवादी केन्द्रका अध्यक्षका पुष्पकमल दाहाल प्रचण्डले दुई नेताको नाम दिएको स्रोतले बताएको छ । स्रोतका अनुसार शर्मालाई अर्थ र भुसाललाई ऊर्जा, सिँचाई तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी दिइनेछ ।

मंगलबार देउवा नेतृत्वमा सानो आकारको मन्त्रीमण्डल बनाउने तयारी छ । नवनियुक्त प्रधानमन्त्री देउवाले साँझ ६ बजे शपथ लिँदैछन् । मन्त्रीहरूले पनि सँगै शपथ लिनेछन् ।

ताजा समाचार