काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले सोमबार गरेको फैसलाले लोकतन्त्रलाई गलत दिशातिर धकेलेको बताउनुभएको छ ।
फैसलाको भाषाले लोकन्त्रलाई अवमूल्यन गरेको उल्लेख गर्दै उहाँले चुनाव र जनताबाट निर्वाचित प्रतिनिधिबाट शासन व्यवस्था चल्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘चुनाव जानु लोकतन्त्रको प्राण वायु हो, अदालतको आदेशबाट सरकार बन्ने बनाउने कुराले लोकन्त्रलाई गलत दिशातिर धकेलेको छ।’
उहाँले मंगलबारको बिदाइ सम्बोधनका क्रममा भन्नुभयो, सर्वोच्चको फैसलाबाट भएका फैसलाको प्रभाव संसदीय व्यवस्था, लोकतन्त्रलाई बलियो बनायो कि बनाएन ? यसले देशलाइै अग्रगामी बनायो कि पश्चयगामी?
उहाँले संवैधानिक सर्वोच्चता र कानुनको शासनको पालना गर्न आफ्नो पार्टी तयार भएको बताउँदै भन्नुभयो, ‘संविधान अक्षरहरुको संग्रह मात्रै होइन, जनताको दशकौँको उपलब्धि पनि हो। संविधान निर्माणमा निर्णायक भूमिका खेलेको पार्टीको हैसितमा हाम्रो भूमिका संविधान बचाउन लागिनेछ।’
फैसला स्वीकार गरेपनि फैसलाका प्रावधान र भाषाले लोकतान्त्रिक प्रणालीप्रति विश्वास राख्नेहलाई चिन्तित बनाएको ओलीको भनाइ छ ।