चिनियाँ राष्ट्रपतिले ओली, देउवा र प्रचण्डसँग छलफल गर्ने

काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टीले आफू १०० वर्ष पूरा गरेको अवसरमा नेपालको सत्तारुढ नेकपा एमालेलगायत राजनीतिक दलका नेताहरुसँग छलफल गर्ने भएको छ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले मंगलबार आयोजना गर्न लागेको भर्चुअल छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख विपक्षी दल विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत सहभागी हुने छन्।

चिनियाँ कम्युनिस्ट पार्टीले यही असार १८ गते पार्टी स्थापनाको १०० वर्ष मनाएको थियो।

ताजा समाचार