तमुधीं जापानको आयोजनमा हुने ३१औ ल्होसारको सबै तयारी पुरा

टोकियो

तमु धीं जापानको आयोजनमा शनिबार आयोजना हुन ३१औँ ल्होसार साँझको सबै तयारी पुरा भएको छ ।

‘प्ये महस्या छ्या महमु,छ्या महस्या ल्हु म्हमु,ल्हु म्ह्य्स्याँ म्हि म्हमु ’ भन्ने मुख्य नारासहित तमुधि जापानले सन् २०२६ जनवरी ३ तारिकका दिन ३१औ ल्होसार साँझ, गुरुङ संस्कार र विशेष सांस्कृतिक कार्यक्रम गरि भव्य रूपमा मनाउने तयारी गरेको तमुधीं जापानका अध्यक्ष हिमाली तमुले निष्पक्ष न्यूजलाई जानकारी दिनुभएको हो ।

तमु (गुरुङ) समुदयले गुरुङहरुको नयां बर्षलाई भब्यताका साथ मनाउवे एवं लामागुरुबाट विशेष पुजा गर्ने मिठो परिकार खाने एवं आफ्नो भाषा र संस्कृती एवं नाचगानगरी मनाउने परम्परा अनुसार गुरुङ पुरोहितहरु लमगुरु सन्दीप तमु र पच्युगुरु पदम पच्यु को नेतृत्वमा ग्रह दशा पूजा गरि रिपा लगाइ शुरु गरिने भएको कार्यक्रम संयोजक कुल तमु( गुरुङ) ले जानकारी दिनुभएको छ ।

ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउँछन् ।

“यो वर्ष तमु (गुरुङ) ल्होसार सर्प ल्होको बिदाई गर्दै घोडा ल्होको स्वागतका साथ मनाइँदैछ।”

यो बर्षको ल्हासारमा मेरो भ्वाइस युनिभर्स सीजन २ का विजेता प्रथम गुरुङ सहित तमु धीं जापान सांस्कृतिक परिवारद्वारा विभिन्न सांस्कृतिक कार्यक्रमहरुको प्रस्तुति रहने छ ।

सन् १९९५ मा स्थापना भएको तमु धीं जापानले निरन्तर रूपमा समुदाय र मानवीय सेवामा योगदान पुर्‍याउँदै आएको छ। हरेक वर्ष मनाइने ल्होसार विशेष कार्यक्रममा जस्तै यस पटक पनि कला, संस्कृति, परम्परागत भेषभूषा, खाद्यान्न तथा विविध सांस्कृतिक स्वाद प्रस्तुत गरिने आयोजकले जानकारी दिएका छन ।

कार्यक्रम हुने स्थान र समय

ताजा समाचार