अनमोलको पहिलो ब्लकबस्टर बन्दै‘जेरी अन टप’टोकियोमा कलाकार सहित विशेष प्रर्दशन हुने

टोकियो । यतिबेला सिनेनगरीमा कुनै चलचित्रको अत्यधिक चर्चा छ भने, त्यो हो अभिनेता अनमोल केसी अभिनित ‘जेरी अन टप’ । प्रदर्शनको शुरुवात ठिकठिकै कमाईबाट शुरुवात गरेको फिल्मले दिनप्रति दिन हलहरुमा दर्शकको सुनामी नै ल्याइरहेको छ ।

चलचित्र विकास बोर्डले अनमोल केसी स्टारर ‘जेरी अन टप’को ग्रस कमाइ पनि सार्वजनिक गरेको छ । जसले कमाईको हिसावले पनि नयां उचाई कायम गर्न सफल भएको छ ।

यसैविच टोकियोमा पनि ‘जेरी अन टप’को विशेष प्रर्दशनी हुने निर्माता रोविन शेरचनले जानकारी दिएका छन । नोभेम्बर ३ तारिक नाकानो जिरो हलमा प्रर्दशन हुने विशेष कार्यक्रममा रेड कार्पेट सोमा कलाकारहरु अनमोल केसी, जसिता गुरुङ र आचल शर्मा सहितका कलाकारहरुले सहभागिता जनाउने बताए ।

सुयोग गुरुङ निर्देशित यो रोमान्टिक-एड्भेन्चर फिल्मले अनमोल-सुयोगको पछिल्लो फिल्म ‘फर्की फर्की’ लाई पनि बक्सअफिसमा उछिनेको छ । निर्माता शेरचनले यो फिल्मले नेपालको पर्यटन प्रवर्द्धन पनि गर्न सक्ने देखिएकाले जापानिज नागरिकहरु माझ जापानिज भाषाको सव टाईटल राखि विशेष गर्ने तयारी रहेको पनि जानकारी दिए ।

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका रोमाञ्चक दृष्यहरुलाई प्राथमिकता दिएको छ । एड्भेन्चरसमेत अनुभव गर्ने सकिने भएकाले यसले पर्यटनको क्षेत्रमा रुचि हुनेहरुलाई प्रभाव पार्ने शेरचनको विश्वास छ ।

चलचित्रमा अनमोल केसी र जस्सीता गुरुङ आँचल शर्मा, केदार घिमिरे, भुवन केसी, उषा खड्गी, सुरक्षा पन्त प्रमुख कलाकार छन् । हेमराज बिसीको कथामा बनेको यो फिल्ममा पटकथा विश्वास तिमिल्सिनाको छ । दुलिप रेग्मी सिनेमाटोग्राफर र निमेश श्रेष्ठ सम्पादक छन् ।

यो फिल्ममा रोविन शेरचन, रामकृष्ण श्रेष्ठ तथा दीपक भण्डारी निर्माताको रुपमा रहेका छन् ।

ताजा समाचार