जापानमा गुरुङहरुको सांस्कृतीक पहिचानको रोधीं साँझ आउदो अगस्ट १४ मा हुने

कोरोनाका कारण लामो समय स्थगित रोधीं सांझ, तमूधीं जापानको आयोजनामा अगस्त १४ तारिख आईतबार टोकियोमा आयोजना हुने भएको छ।

यो वर्षको रोधीं सॉझ सम्पन्न गर्न तमुधी जापानका उपध्यक्ष चित्र गुरुङको संयोजक रहेको समिति बनाई तयारी तिब्र पारिएको छ । संयोजक गुरुङका अनुसार कोरोना कहरका कारण केहि बर्षयता स्थागित रोधीं सॅाझ यो बर्ष जापानमा रहेका स्थापित कलाकारहरु सहित तमूहरुको सांस्कृतिक प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ ।

गुरुङ जातिमा सांस्कृतिक चाडको रुपमा मनाउने रोधींलाई पनि संस्कार र संस्कृति संरक्षण गर्न सहयोगि हुने भन्दै प्रत्येक वर्ष आयोजना गरिने, तमुधीं जापानको अध्यक्ष रमेश कुमार गुरुङले जानकारी गराउनु भयो ।

मे ८ मा बसेको कार्यसमिति र संरक्षक सल्लहकारहरुको सयुक्त बसेको बैठकले निर्णय गरेको हो । साथै वैठकमा ग़ैर आवासीय संघ अन्तराष्ट्रीय परिषदको अधिवेशनबाट सर्वसम्मत रुपमा उप-महासचिव पदमा चयन भएको संस्थाका संरक्षक श्री ओम गुरुङ (अजिव) लाई वधाई तथा सम्मान गरेको छ । धींका सल्लहकार हिमाली गुरुङले खदा लगाएर गरेको वधाई कार्यक्रम टोकियोको गोतान्दा स्थित माया रेष्टुरेन्टमा भएको थियो । ।

धेरै समयको अन्तराल पछि हुन गईरहेको जापावासी तमुहरुको ऐतिहासिक कार्यक्रम भएकोले जापानवासी दाजुभाई तथा दिदीबहिनीहरुमा गरिमामय उपस्थितिको लागि धींको महासचिव खेम तमुले हार्दिक अनुरोध गर्नुभएको छ ।

ताजा समाचार