काठमाडौं
भक्तपुरको ऐतिहासिक तथा सांस्कृतिक बिस्काः जात्रा सुरू भएको छ।
भक्तपुरको पाँचतले मन्दिर टौमढी अगाडि राखेर बनाइएको भैरवनाथको रथ तानेसँगै जात्राको सुरूवात भएको हो।
प्रत्येक वर्ष नयाँ वर्षको चार दिन अगाडिदेखि प्यागोडा शैलीमा बनाइएको तीन तले भैरवनाथको रथ तानेर बिस्काः जात्रा मनाउने चलन छ। यो जात्रा नौ दिन आठ रात लामो हुन्छ। रथलाई दुवैतिर डोरीले तान्ने गरिन्छ। एकातिर ६ वटा र अर्कोतिर चारवटा मोटो डोरी राखेर युवाले रथ तान्ने चलन छ।
भैरबनाथको रथ तानेर सुरु हुने जात्रा वैशाख ५ गते पाँचतले मन्दिर अगाडि नै रहेको भैरवनाथको रथलाई तानेर सम्पन्न हुनेछ।
जात्राअन्तर्गत लिंगो उठाउने र रथ तान्ने गरिन्छ। जसलाई हेर्न हजारौं सर्वसाधारण उपस्थित हुने गरेका छन्।