टोकियो
गुरुङ जातिको नयां बर्ष ल्होसारको उपलक्ष्यमा तमूधीं जापानले यस पटक टोकियोमा विविध सास्कृर्तिक कार्यक्रम सहित मनाउने जानकारी दिएको छ ।

जापानमा रजत जयन्ती मनाउन सफल सस्था तमूधीले २ जनवरी २०२२ आइतबारका दिन गुरुङ सस्कार र गुरुङ सस्कृतीका विभिन्न झाकिहरु सहित २७ औ तमू ल्होसार मनाउने लागेको हो ।
तमूधीं जापानको हालै सम्पन्न बैठकले ल्होसार साँस्कृतिक साँझ सम्पन्न गर्न उपाध्यक्ष सोममाया गुरुङको सयोजकत्वमा समिति बनाई तयारी शुरु गरिसकेको तमूधीं जापानका अध्यक्ष सौगत गुरुङले निपष्क्ष न्यूजलाई बताउनु भयो। यस बर्षको ल्होसार सांझ कामता स्थित चौतारो रेष्टुरेन्टमा आयोजन गर्ने भएको छ ।
जापान जस्तो ब्यस्त शहरमा पनि गुरुङ जातिको सस्कार र सस्कृतिलाई दोश्रो पुस्ता सम्म लैजाने अभियान अन्तरगत तमूधीं जापानले हरेक बर्ष ल्होसार, रोंधि सांझ सहितका गुरुङ जातिको मौलिक पर्वहरु निरंतर मनाउदै आइरहेको छ ।
पछिल्लो बर्ष कोभिड १९ ले स्थागित भएको ल्होसार लगायतको कार्यक्रम यस बर्षमा पुन शुरु गर्न लागिएको धींका महासचिव चित्र गुरुङले जानकारी दिनुभयो ।
सोहि दिन तमूधीं जापानको आगमी दुई बर्षका लागि नयां कार्यसमितिको धोषण पनि हुने भएको छ ।