काठमान्डौ
आज संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै छ।
मंगलबार ४ बजे बस्ने बैठकमा सो बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएकी छिन्।
सरकारले नीति तथा कार्यक्रम निर्माण अन्तिम चरणमा पुर्याएको छ। हरेक निकाय तथा मन्त्रालयहरुले निर्माण गरेको नीति तथा कार्यक्रम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अर्थ मन्त्रालयले एकीकृत गरिरहेको छ।
आजदेखि बजेटको सिद्धान्त र प्राथमिकताबारेको छलफल सकिएसँगै नीति तथा कार्यक्रम प्रस्तुत हुँदै छ। जेठ १५ गते बजेट ल्याउनैपर्ने संवैधानिक बाध्यता छ।