अमेरीकि राष्ट्रपति जो बाईडेन आज जापान आईपुग्ने, टोकियोको स्टेशन, बसपार्कहरुमा बाक्लो सुरक्षाकर्मि परिचालन

टोकियो

अमेरीकका राष्ट्रपति जो बाईडेन आज (आईतबार) जापान आईपुग्ने भएका छन ।

जापानको अति निकटको मित्र सम्बन्ध रहेको अमेरीकाको राष्ट्रपति निर्वाचित भएपछि बाईडेनको यो पहिलो भ्रमण हो ।

क्वाड शिखर सम्मेलनका लागि सहभागि हुन जापान आईपुगेका राष्ट्रपतिले जापानमा रहदा प्रधानमन्त्री किसिदासग औपचारिक भेटगर्ने छन । उत्तरकोरिया सगको सुरक्षा समस्या सहित राष्ट्रपति बाईडेन र प्रधानमन्त्री किसिदाले युक्रेन माथि रूसको आक्रमण एवं प्यासेफिक क्षेत्रमा चीनको बढ्दो गतिबिधिहरुका बारेमा साझा धारण सार्वजानिक गर्ने अनुमान गरिएको छ ।

राष्ट्रपति बाईडेनले जापानका नरेशसग पनि भेटवार्ता गर्ने छन ।

अमेराकका राष्ट्रपतिको भ्रमणको तालिकासगै जापानको सुरक्षा ब्यबस्था कडा पारिएको छ । टोकियोको एयरपोर्ट देखि रेलस्टेशन एव बसपार्कहरुमा ब्यापाक सुरक्षाकर्मि परिचालित गरिएको छ ।

राष्ट्रपति बाईडेन दक्षिण कोरियाको भ्रमण सकेर जापान आईपुग्ने छन ।

ताजा समाचार