चार घण्टापछि भरतपुरमा रेनुको अग्रता, जगन्नाथलाई ४१ मत, ८ प्रतिशत बदर 

चितवनको भरतपुर महानगरपालिकामा कांग्रेस-माओवादी गठबन्धनकी रेनु दाहालले अग्रता लिएकी छन्। 

अहिलेसम्म ३ सय ५० मतगणना गर्दा रेनुले १३३ मत ल्याएकी छन्। एमालेका विजय सुवेदीले १२७ मत पाएका छन्।

कांग्रेसबाट विद्रोह गरी बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ४१ मत ल्याएका छन्। जारी गणनामा अहिलेसम्म ८ प्रतिशत मत बदर भएको छ।

भरतपुर महानगरको २९ वडा बाट  १ लाख २७ हजार ५६५ मत खसेको छ। वडा न १ जम्मा मतदाता ५ हजार ७४ छ। जसमा ३२ सय ७६ मत खसेको छ।

पौडेलले पनि मत काट्दै गएपछि गठबन्धनमाथि दबाब परेको छ। उनले सत्ता गठबन्धनको कम्तीमा १२ प्रतिशत मत काट्ने आकलन गरिएको छ।

ताजा समाचार