काठमाडौं महानगरपालिकामा ३०० मत गन्दा मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले ७२ मत ल्याएर अग्रता लिएका छन्।
दोस्रोमा कांग्रेसकी सिर्जना सिंहले ७० मत पाएकी छन् भने तेस्रोमा रहेका एमालेका केशव स्थापितले ५९ मत ल्याएका छन्।
वडा नम्बर १ र ३२ बाट मतगणना सुरू भएको छ।
अहिलेसम्म वडा नम्बर ३२ मा २०० मत र वडा नम्बर १ मा १०० मतको गणना सकिएको छ।
त्यसैगरी
काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोलले सुरुवाती अग्रता लिएकी छन्।
१ सय ७० मत गणना हुँदा डंगोलले ५७ मत प्राप्त गरेकी छन्।
यस्तै एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २३ मतसहित डंगोललाई पछ्याइरहेका छन्। श्रेष्ठ गठबन्धनबाट उपमेयरका उम्मेदवार हुन्।