जुन महिनाबाट आफन्तलाई पर्यटक भिषामा बोलाउन सहज बनाउदै जापान, दैनिक २० हजार भित्राउने निर्णय

टोकियो

जापान सरकारले जुन १ बाट दैनिक २० हजार यात्रुलाई जापान प्रवेश अनुमती दिने निर्णय सहित पर्यटक भिषा पनि खुल्ला गर्ने निर्णय गरेको छ ।

कोरोना कहरका विच जापान सरकारले जापानमा पर्यटकलाई भिषा दिने निर्णयसगै जापानमा रहेका नेपालीहरुले आफन्तहरुलाई पर्यटक भिषामा जापान बोलाउन सक्ने भएका छन ।

जापान सरकारले हाल दैनिक १० हजार भित्र विद्यार्थी, प्रशिक्षार्थी कामदार, डिपेन्डेन्टलाई जापान प्रवेश दिईरहेको छ ।

जापान सरकारको यो निर्णयबाट जापानमा रहेका धेरै नेपालीहरु परिवारका सदस्यसग भेटन सक्ने भएकाछन । विशेषगरी दीर्घ रोगि एवं सुत्केरीहरुलाई राहत मिल्ने भएको छ ।

ताजा समाचार