डडेलधुरा । नेपाली कांग्रेसकी नेतृ तथा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाले कांग्रेसका मेयर नभएको ठाउँमा आफूहरुले पैसा नै नपठाउने बताएकी छिन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले डडेलधुरामा केही दिनअघि ३१ करोड रुपैयाँ बजेट पारेको प्रशंग निकाल्दै उनले भनिन्, ‘जहाँ कांग्रेसको मेयर नै हुन्न त त्यहाँ हामी किन पैसा पठाउँछौं, त्यसैले यो कुरालाई ध्यान दिएर करुवा, सरुवा हरुवा पार्टीहरुलाई भोट नहाल्नुस् ।’
कांग्रेसका पूर्व जिल्ला सभापति कर्ण मल्ल पक्ष नेपाली कांग्रेस वीपीको नाममा करुवा चुनाव चिन्ह लिएर प्रतिस्पर्धामा छ । मल्लले नेकपा एमालेसँग तालमेल गरेका छन् ।
मल्ललाई संकेत गर्दै राणाले भनिन्, ‘करुवाको नेता को हो ? मलाई पनि थाहा छैन । गुण्डालाई उठाएर म करुवा पार्टी भनेर तपाईंले पत्याउने ? पहिला चप्पल लगाउन पैसा नहुने विदेशमा घुम्छन । टिकटक बनाउँछन्।’