उत्कृष्ट पुनरागमनपछि रियल फाइनलमा 

म्याड्रिड — करिम बेन्जेमाले अतिरिक्त समयमा पेनाल्टीबाट गोल गरेपछि रियल म्याड्रिडले एक अर्को उत्कृष्ट पुनरागमन रच्दै बुधबार म्यानचेस्टर सिटीलाई ३–१ हराएर युरोपेली च्याम्पियन्स लिगको यात्रा तय गरेको छ । अब उपाधि भिडन्तमा उसको सामना अर्को इंग्लिस प्रिमियर लिग क्लब लिभरपुलविरुद्ध पेरिसमा हुनेछ ।

सेमिफाइलन दोस्रो लेगमा रियाद मेहरेजले सुरुआती गोल गरेपछि सिटी फाइनल पुग्ने निश्चित देखिएको थियो र उसलाई ५–३ को अग्रता प्राप्त भएको थियो । तर सब्टिच्युट खेलाडी रोड्रिगोले ९० र ९१ औं मिनेटमा दुई गोल गरे र खेल अतिरिक्त समयतर्फ अग्रसर भएको थियो । त्यस स्थितिमा आफूलाई सम्हाल्न नसकेको सिटीमाथि करिम बेन्जेमाले निर्णायक धक्का दिए ।

उनले पेनाल्टी जिते तथा त्यसमै गोल पनि गरे र त्यस स्थितिमा रियल ६–५ ले अगाडि रह्यो । रियलले फाइनल पुग्ने क्रममा सान्टियागो बर्नाबाउमा एक अर्को उत्कृष्ट पुनरागमन रचेको हो । रियलले अन्तिम १६ मा पेरिस सेन्ट जर्मेन (पीएसजी) र क्वाटरफाइनलमा चेल्सीविरुद्ध यस्तै पुनरागमन जित निकालेको थियो ।

ताजा समाचार