लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ।
गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा १० खेलाडीमा समेटिएको भिल्लारियललाई ३-२ गोल अन्तरमा हराउँदै समग्रमा ५-२ नतिजा निकालेर लिभरपुल उपाधि नजिक पुगेको हो।
घरेलु मैदानमा भएको पहिलो लेगमा २-० को जित निकालेको लिभरपुलले दोस्रो लेगमा भिल्लारियलको घरेलु मैदानमा दुई गोलले पछि परेको अवस्था उल्ट्याउँदै रोमाञ्चक जित निकालेको हो।